काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र उज्ज्वल भविष्यका लागि युवाको ऊर्जा, सिर्जनशीलता र सपना प्रमुख आधार भएको बताएका छन् ।अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत् शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।उनले फूलको मुस्कान कोपिलामा भएझैं राष्ट्रको उज्यालो भविष्य युवाको सिर्जनशील सोच र जोशमा निहित रहेको बताए ।
‘फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य छ। हाम्रो सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुने छ,’ उनले लेखेका छन् ।
दिवसले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा दिने प्रधानमन्त्री ओलीले बताए ।संयुक्त राष्ट्रसंघले सन् १९९९ मा अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको थियो । पहिलोपटक सन् २००० मा यो दिवस मनाइएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij