Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

रुपन्देही अदालतमा रविको रिहाइ निवेदनमाथि बहस जारी

रुपन्देही अदालतमा रविको रिहाइ निवेदनमाथि बहस जारी

बुटवल : रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनमा सोमबार बहस जारी छ । न्यायाधीश नारायण सापकोटाको इजलासमा बहस भइरहेको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले जानकारी दिए । आज नै आदेश आउन सक्ने बताइएकाे छ ।

लामिछाने गत चैत २५ गतेदेखि बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका छन् । चैत २२ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको थियो । त्यसअघि रुपन्देही जिल्ला अदालतबाट १ करोड धरौटीमा छुटेका थिए ।

लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा यही साउन १९ गते निवेदन दिएका थिए । उनको निवेदनमा सुनुवाइका लागि आज पेसी तोकिएको थियो । लामिछाने बिगोबापतको २ करोड ७४ लाख ८४ हजार बैङ्क जमानत दाखिला गरिदिएको बताएका छन् । साउन १९ पछि लगातार दुई दिन पेशी तोकिए पनि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट