Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

उषाकिरणले राजीनामा दिएको थाहा छैन : रघुवीर महासेठ

उषाकिरणले राजीनामा दिएको थाहा छैन : रघुवीर महासेठ

काठमाडौँ : नेकपा एमालेका सचिव तथा परराष्ट्र विभाग प्रमुख रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले विभागबाट राजीनामा दिएकोबारे आफूलाई थाहा नभएको बताएका छन् ।

उषाकिरण नेकपा एमाले परराष्ट्र मामिला विभागको सदस्य रहेकी थिइन् । उषाले केही दिनअघि विभागको सदस्यबाट राजीनामा दिएको चर्चा भइरहे पनि एमाले परराष्ट्र विभागले भने त्यसबारे अनविज्ञता प्रकट गरेको हो ।

सोमबार दिउँसो महासेठले भने– ‘राजीनामा दिएको थाहा छैन ।’ उनले राजीनामा आएको भए आफूलाई थाहा हुनुपर्ने भन्दै अहिलेसम्म जानकारीमा नआएको बताए । यसबारे भण्डारीसँग फोन सम्पर्क प्रयास गर्दा सम्पर्क हुन सकेन ।

भण्डारी मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष छन् । गत साउन ९ गते पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टी सदस्यता कायम भएको भन्दै पत्रकार सम्मेलन गरेर सक्रिय राजनीतिमा आउने बताए पनि एमालेले उनको पार्टी सदस्यता खारेज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट