Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

महाकाली नदीमा नुहाउन गएका दुई बालिका बेपत्ता

महाकाली नदीमा नुहाउन गएका दुई बालिका बेपत्ता

कञ्चनपुर : महाकाली नदीमा नुहाउन गएका दुई बालिका बगेर बेपत्ता भएका छन्। भीमदत्त नगरपालिका–१२ ऐरीस्थित नदी किनारमा नुहाइरहेका बालिका बेपत्ता भएको प्रहरीले जनाएको छ।

भीमदत्त नगरपालिका–११ की ७ वर्षीया जीविका पन्त र ८ वर्षीया सानबी पन्त बेपत्ता भएका हुन् । उनीहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले जानकारी दिए । बेपत्ता बालिकाहरू दाइहरुसँगै नुहाउन गएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट