Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

महिला अधिकार सुनिश्चित गर्न कांग्रेस प्रतिबद्ध : देउवा

महिला अधिकार सुनिश्चित गर्न कांग्रेस प्रतिबद्ध : देउवा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महिलाको अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित ‘लैङ्गिक संवेदनशीलतासम्बन्धी कार्यशाला’ कार्यक्रममा उनले संविधानमा नै महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने काम कांग्रेसको नेतृत्वमा भएको बताए ।

‘राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानीय तहसम्म महिलाको उपस्थिति सुनिश्चित गर्ने संविधान कांग्रेसको नेतृत्वमा संविधानसभाबाट जारी भएर कार्यान्वयनमा छ,’ सभापति देउवाले भने ।

२०१५ सालमा कांग्रेसको नेतृत्वमा बनेको सरकारले द्वारीकादेवी ठकुरानीलाई मन्त्री बनाएको पनि देउवाले बताए । समावेशिता र समानुपातिक प्रतिनिधित्वसँगै महिला प्रतिनिधित्व सुनिश्चित गर्न कांग्रेस प्रतिबद्ध रहेको देउवाको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट