Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

आगामी वर्षदेखि तराईमा सिँचाइको स्थायी समाधान ल्याउने सरकारको संकल्प छ: प्रधानमन्त्री ओली

आगामी वर्षदेखि तराईमा सिँचाइको स्थायी समाधान ल्याउने सरकारको संकल्प छ: प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षदेखि तराईमा आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने सरकारको संकल्प रहेको बताएका छन् ।प्रधानमन्त्री ओलीले साउन २३ गतेसम्म मधेस प्रदेशका आठ जिल्लामा ७६.५४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भइसकेको उल्लेख गर्दै आगामी वर्षदेखि तराईमा आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने बताएका हुन् ।

उनले भनेका छन्-

यसवर्षको खडेरीले अन्नको भण्डार मानिने हाम्रो तराईको खेतमा धाँजा परेर रोपाइँ गर्नै नसक्ने अवस्था आयो। जहाँ रोपाइँ भयो, त्यहाँ पनि पानीको अभावले रोपो मर्न थालेको थियो। किसानका पीर, पसिना र सपना माटोमै सुक्न लागेका बेला म केही समयअघि तराई गएको थिएँ र सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै राहत र सहयोगको विशेष निर्णय गरेको थियो। तत्कालका लागि ५०० वटा डीपबोरिङ जडानको काम सुरु गरिएको थियो, र दीर्घकालीन समाधानका लागि सुनकोशी–मरिन डाइभर्सनको काम अघि बढाइरहेको छ।

पछिल्लो साता हामीलाई प्रकृतिले साथ दिएको छ। वर्षाले फेरि हरियाली फर्काउन थालेको छ। यही साउन २३ गतेसम्म मधेस प्रदेशका आठ जिल्लामा ७६.५४% क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ, र केही दिनमै सम्पूर्ण खेतबारीमा हरियो सपना लहराउनेछ भन्ने आशा छ।आगामी वर्षदेखि आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने सरकारको संकल्प छ। अब त्यो दिन धेरै टाढा छैन। किसानको मुस्कान, जमीनमा हरियालीको सुगन्ध र समाजको खाद्यान्न भविष्य— हाम्रो लक्ष्य हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट