Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

पुटिनले सोभियत युगको पुरस्कार एक सीआईए (C.I.A) अधिकारीको छोरालाई दिए

पुटिनले सोभियत युगको पुरस्कार एक सीआईए (C.I.A) अधिकारीको छोरालाई दिए

मस्को : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफलाई सीआईएका एक वरिष्ठ अधिकारीलाई दिनको लागि 'अर्डर अफ लेनिन' पुरस्कार हस्तान्तरण गरेका छन्। यी सीआईए अधिकारीको छोरा युक्रेनमा रुसको लागि लड्दा मारिएका थिए।

ट्रम्पका विशेष दूत स्टिभ विटकफले यस हप्ताको सुरुमा युक्रेन युद्ध अन्त्य गर्ने योजनाबारे छलफल गर्न राष्ट्रपति पुटिनलाई भेटेका थिए। यस अवधिमा उनलाई यो पुरस्कार प्रदान गरिएको थियो।

डिजिटल नवप्रवर्तनका लागि सीआईएका उपनिर्देशक जुलियन ग्यालिनाका २१ वर्षीय छोरा माइकल ग्लोसको गत वर्ष युक्रेनमा मृत्यु भएको थियो । यो खबर यस्तो समयमा आएको हो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १५ मा अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर बैठक गर्न लागेका छन्।

यद्यपि, रुसले आधिकारिक रूपमा ग्लोसलाई मरणोपरान्त यो पुरस्कार दिने पुष्टि गरेको छैन। 'अर्डर अफ लेनिन' उत्कृष्ट नागरिक सेवाको लागि दिइने सोभियत युगको पुरस्कार हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट