Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

उपनिर्वाचनका लागि आवेदन दिएकाहरूसँग छलफल गर्दै रास्वपा

उपनिर्वाचनका लागि आवेदन दिएकाहरूसँग छलफल गर्दै रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपनिर्वाचनका उम्मेदवारीको आकांक्षा राखेका ९ जनासँग सामूहिक छलफल गर्ने भएको छ ।कात्तिक १७ गते रूपन्देही ३ मा हुन लागेको उपनिर्वाचनका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा.लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम अग्रवाल र मधुप्रसाद अर्यालले उम्मेदवार हुन आकांक्षा राख्दै रास्वपामा आवेदन दिएका थिए। आइतबार दिउँसो १ बजेदेखि अपराह्न ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय चस्मतिमा छलफल हुने पार्टी प्रवक्त मनिष झाले जानकारी दिए।

छलफलको मध्यस्तकता सहमहामन्त्री विपिनकुमार आचार्यले गर्नेछन् ।छलफलको अवलोकन कोषाध्यक्ष लिमा अधिकारी, लुम्बिनी प्रदेश सभापति देवराज पाठकले गर्नेछन्।२०७९ मंसिरमा भएको निर्वाचनमा राप्रपाका दीपक बोहरा रूपन्देही ३ बाट निर्वाचित भएका थिए। उनको निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट