Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

थाइल्याण्डमा अवैध ऋण लिएको आरोपमा २६ चिनियाँ नागरिक पक्राउ

थाइल्याण्डमा अवैध ऋण लिएको आरोपमा २६ चिनियाँ नागरिक पक्राउ

थाइल्याण्ड : थाई प्रहरीले अवैध अनलाइन ऋण लिएको आशङ्कामा शनिबार २६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको जनाएको छ ।अधिकारीहरूले बैङ्ककबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको रिसोर्ट शहर पटायामा रहेको सुविधासम्पन्न ‘पूल भिल्ला’मा छापा मारेर चीनबाट एक महिला र २५ जना पुरुषलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।प्रहरीले एएफपीलाई दिएको जानकारीअनुसार केही शङ्कास्पद व्यक्तिको पर्यटक र विद्यार्थी भिसाको म्याद नाघेको थियो ।

प्रहरीले ५३ वटा मोबाइल फोन, चिनियाँ भाषाका कागजात र ८० हजार भाट (दुई हजार ५०० अमेरिकी डलर) नगद बरामद गरेको छ ।अधिकारीहरूले उक्त समूहलाई अनधिकृत क्रेडिट व्यवसाय सञ्चालन गरेको र राज्यमा गैरकानुनी रूपमा काम गरेको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट