Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

सरस्वती निकेतनद्धारा व्यवहारमुखी शिक्षामा जोड्दै क्षेत्रीय फिल्ड ट्रिप सम्पन्न

सरस्वती निकेतनद्धारा व्यवहारमुखी शिक्षामा जोड्दै क्षेत्रीय फिल्ड ट्रिप सम्पन्न

नवलपुर : व्यवहारिक शिक्षामा जोड दिने उद्देश्यसहित नवलपुरको गैडाकोट–१ मा अवस्थित सरस्वती निकेतन विद्यालयले कक्षा ८, ९ र १० का विद्यार्थीलाई लक्षित गरी क्षेत्रीय अवलोकन (फिल्ड भिजिट) कार्यक्रम सम्पन्न गरेको छ।

शुक्रबार सम्पन्न उक्त कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले रामपुर कृषि क्याम्पस र मेघौलीस्थित गोलाघाट क्षेत्रको अवलोकन गरेका थिए। परियोजना कार्यका रूपमा सञ्चालित यस भ्रमणमा विद्यार्थीहरूले नेपाली, सामाजिक र विज्ञान विषयसँग सम्बन्धित व्यवहारिक अध्ययन गरेका थिए।

विद्यालयका अनुसार अवलोकनका क्रममा विद्यार्थीहरूले कृषि प्रणाली, वातावरणीय अवस्था, स्थानीय वन्यजन्तु तथा सांस्कृतिक सम्पदाका बारेमा प्रत्यक्ष जानकारी लिएका छन्। यसबाट उनीहरूको जिज्ञासा, विश्लेषण क्षमता र व्यवहारिक बुझाइमा थप दृढता आएको जनाइएको छ।

सरस्वती निकेतनले विगत ३२ वर्षदेखि सिप र संस्कारसहितको गुणस्तरीय शिक्षामा प्रतिबद्ध रहँदै यस्ता व्यवहारमुखी गतिविधिहरूलाई निरन्तरता दिँदै आएको छ। विद्यालयले आगामी दिनहरूमा पनि यस्ता शैक्षिक भ्रमण कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट