Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सांगीतिक चेतनासहित तीज गीत ‘चेलीको चाड’ सार्वजनिक

सांगीतिक चेतनासहित तीज गीत ‘चेलीको चाड’ सार्वजनिक

चक्र प्रसाद पोख्रेल काठमाडौं : नेपाल सांस्कृतिक महासंघ ललितपुरको प्रस्तुति तथा यल इन्टरटेन्टमेन्ट प्रा.लि. को निर्माणमा तयार पारिएको तीज विशेष गीत ‘चेलीको चाड, नाच्ने हो गाउने हो तिजमा बरिलै’ सोमबार एक भव्य समारोहका बीच सार्वजनिक गरिएको छ। ललितपुरको कार्यविनायक पार्टी प्यालेस, सैवुमा आयोजित कार्यक्रममा गीत सार्वजनिक गरिएको हो। सामाजिक सन्देशसहित तयार पारिएको यस गीतले बुहारीलाई पनि छोरीसरह सम्मान र स्वतन्त्रता दिनुपर्छ भन्ने विषयलाई प्रमुख रूपमा उठान गरेको छ।

बुहारी छोरीकै दर्जामा — गीतको मूल सन्देश गीतले विशेषगरी विवाहपछि छोरीको रूपमा गएकी बुहारीलाई पुरानै घर फर्कँदा पनि सासू–ससुरा र श्रीमान्ले छोरीसरह व्यवहार गर्नुपर्ने सामाजिक सन्देश दिन खोजेको छ। नेपाली समाजमा प्रचलित “जे भन्यो त्यही मान्नुपर्ने” सोच हटाएर समता, सम्मान र आत्मीयताको भावना उजागर गर्ने उद्देश्यले गीत तयार पारिएको निर्माण पक्षले जनाएको छ।

गीतमा स्वर सुरज अधिकारी, अधिवक्ता अनिल श्रेष्ठ (निर्जन), मधु रेग्मी, शशि पुन, शर्मिला ब्रह्मचार्य, र श्रद्धा बज्राचार्यले दिएका छन्।गीत/संगीत: सुरज अधिकारी,संगीत संयोजन: मदन प्रत्यय,रेकर्डिङ: कारण स्टुडियो, सातदोबाटो मिक्स तथा मास्टरिग् : अनिल नकर्मी,पोस्ट प्रोडक्सन: याला मनोरञ्जनले गरेको छ भने गीतको निर्देशन, सम्पादन तथा कोरियोग्राफीको जिम्मेवारी गौतम तण्डुकारले सम्हालेका छन्।

छायांकन: लोकचन्द्र थापा

सहायक कोरियोग्राफर: एन्जिला तामाङ

कभर डिजाइन: द ब्रिगेड इन्टरप्राइजेज

पोशाक: बेनाज ड्रेस हायर सेन्टर एण्ड बुटिक, हडिगाउँ

यस गीतको म्युजिक भिडियोमा राजेन्द्र केसी (राजु), पवन खतिवडा, रेश्मा तिमिल्सिना (बुनुमैचा), अधिवक्ता अनिल श्रेष्ठ (निर्जन), शशि पुन, शर्मिला ब्रह्मचार्य, श्रद्धा बज्राचार्य, श्यामसुन्दर तिमिल्सिना, मधु रेग्मी, रुपा थापा, निरञ्जन महर्जन, मीना खड्का के.सी, विजय के.सी, संगिता के.सी, कृतिन के.सी, गर्विशा थापा, अनिशा रिसाल, अनिता साउद लगायतका कलाकारहरू अभिनय देख्न सकिन्छ ।

उत्पादन व्यवस्थापक: बृहस्पति थापा

उत्पादन प्रबन्धक: राम महर्जन, अनिल नकर्मी

सामाजिक जागरणसहितको सांगीतिक उपहार “चेलीको चाड” गीतले तीजलाई केवल नाचगानको पर्व मात्र नभई, सामाजिक सचेतना फैलाउने सशक्त माध्यमको रूपमा प्रस्तुत गरेको छ। यसले परम्परागत सोचमा परिवर्तन ल्याउन सक्ने सम्भावना बोकेको विश्लेषकहरूको भनाइ छ।

https://youtu.be/NInf1yRri6c?t=145

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट