Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

पशुपति र कालीबाबाको दर्शन गरेर फर्के भारतीय मन्त्री सोनोवाल

पशुपति र कालीबाबाको दर्शन गरेर फर्के भारतीय मन्त्री सोनोवाल

काठमाडौँ  :  भारत सरकारका बन्दरगाह, जहाज तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवाल आज एकदिने नेपाल भ्रमण गरेर स्वदेश फर्केका छन् । आज नेपाल आएका उनले सिधै पशुपति मन्दिर गएर विशेष पूजा गर्नुका साथै मन्दिर परिसरमा वृक्षारोपण समेत गरेका छन् ।

उनले कालीबाबाको दर्शन समेत गरेका छन् । सो अवसरमा नेपालस्थित भारतीय दूतावासका राजदूत नवीन श्रीवास्तव र पशुपति विकास कोषका अधिकारी समेत उपस्थित थिए ।

sarbannd kalibaba

पशुपतिनाथ मन्दिर परिसरमा उनले भारत–नेपालबिचको धार्मिक तथा सांस्कृतिक सम्बन्धको महत्त्व उल्लेख गर्दै पशुपति क्षेत्रको संरक्षण र प्रवर्द्धनमा दुवै देशको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेको बताइएको छ ।

धार्मिक भ्रमण भएको कारण उनले कसैसँग कुनै औपचारिक भेटघाट नराखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट