Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

उत्तराखण्ड बाढीपहिरो : नेपाली समाज भारतको चासो

उत्तराखण्ड बाढीपहिरो : नेपाली समाज भारतको चासो

काठमाडौँ  : नेपाली समाज भारतले भारतको उत्तराखण्डमा बाढी पहिरोबाट भएको क्षति र नेपाली नागरिकको अवस्थाबारे चासो व्यक्त गरेको छ ।

समाजका अध्यक्ष चक्रबहादुर मलाती र महासचिव आरवी खड्काले शुक्रबार विज्ञप्ति जारी गर्दै भारत सरकार, उत्तराखण्ड राज्य सरकार, स्थानीय प्रशासन र नेपाल सरकारको दूतावासको समन्वयमा रहँदै पीडित नेपालीहरूको अवस्थाबारे आवश्यक जनाकारी सङ्कलन, उद्धार, राहत तथा स्वास्थ्योपचार गरिरहेको उल्लेख गरेको छ ।

साथै सङ्गठनले प्रदेश तथा स्थानीय इकाईहरूलाई सक्रिय रूपमा परिचालन गरेको समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट