Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बागमती प्रदेशसभा बैठक साउन २७ गतेका लागि आह्वान

बागमती प्रदेशसभा बैठक साउन २७ गतेका लागि आह्वान

मकवानपुर : बागमती प्रदेश सभा बैठक आगामी साउन २७ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालय हेटौँडाले शुक्रबार सूचना जारी गर्दै साउन २७ गते दिउँसो ४ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरेको हो ।

उक्त बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने कार्यसूची रहेको छ । नेपालको संविधानको धारा १६७ को उपधारा (४) र प्रदेश सभा नियमावली, २०७५ को नियम ११२ को उपनियम (१) बमोजिम मुख्यमन्त्री बानियाँले बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय गरिएको प्रदेशसभाका सचिव रामकुमार पौडेलले जानकारी दि ।

यसअघि गत असार २३ गते प्रदेश सरकारको बजेट पारित गर्न प्रदेशसभा बैठक सञ्चालन भएको थियो । सो पश्चात स्थगित गरिएको बैठक मुख्यमन्त्री बानियाँको विश्वासको मत लिनका लागि आह्वान गरिएको हो ।

गत साउन २० मा कांग्रेस एमालेको गठबन्धनबाट नेपालको संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्री बनेका बानियाँले सरकार जोगाउन सामान्य बहुमत ५६ सांसदको समर्थन जुटाउन जरुरी हुन्छ । मुख्यमन्त्री बानियाँलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ जना सांसदको समर्थन रहेको छ ।

११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ (सभामुख सहित), एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट