Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

केपी ओली बिनाको एमाले कल्पना गर्न सकिँदैन : भानुभक्त ढकाल

केपी ओली बिनाको एमाले कल्पना गर्न सकिँदैन : भानुभक्त ढकाल

कञ्चनपुर  : नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा जनसङ्गठन संयन्त्र प्रमुख भानुभक्त ढकालले केपी शर्मा ओली बिनाको एमाले कल्पना पनि गर्न नसकिने बताएका छन् ।

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश बैठक तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार कञ्चनपुरमा सम्बोधन गर्दै प्रमुख ढकालले एमालेले आफूलाई देशको प्रमुख शक्तिका रूपमा ओलीकै कार्यकालमा स्थापित गरेकाले अहिले ओली बिनाको एमालेको कल्पना गर्न नसकिने बताएका हुन् ।

जनताको बहुदलीय जनवाद अनुसार तीनै तहका सरकारलाई लोककल्याणकारी बनाउन र समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन लक्ष्य पुरा गर्न ओली नेतृत्वको एमाले अपरिहार्य भएको ढकालको भनाइ छ ।

‘केपी ओली बिनाको एमाले बनाऊ भन्न पाइन्छ, म बन्छु, ओली भन्दा राम्रो चलाउँछु भन्न पनि पाइन्छ, तर भन्ने कुरा ठाउँमा भन्नु पर्छ, कुठाउँमा भन्नुभएन’, ढकालले भने, ‘दुई कार्यकाल र ७० वर्षको उमेर हदबन्दी ओलीका लागि मात्र गरिएको होइन, सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीको सोच–बिचारपछि गरिएको निर्णय हो ।’

उनले महाधिवेशनमा प्रतिस्पर्धा गर्न योग्य सबैलाई अधिकार भए पनि पार्टी विधान विपरीत हल्ला गर्नु गलत र गैर जिम्मेवार भएको टिप्पणी गरे । कार्यक्रममा पोलिटब्युरो सदस्य निरुदेवी पालले केपी ओली विनाको एमाले, एमाले विनाको नेपाल र समृद्धिको कल्पना असम्भव भएको उल्लेख गरिन् ।

‘यो सन्देश र समर्थनमा हरेक एमालेजन तयार छ । केन्द्रीय कमिटीको निर्णय नै विधान र महाधिवेशनको सार हो,’ पालले थपिन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट