Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

निकोलस मदुरोलाई समात्न मद्दत गर्नेलाई अमेरिकाले ५ करोड डलर इनाम दिने

निकोलस मदुरोलाई समात्न मद्दत गर्नेलाई अमेरिकाले ५ करोड डलर इनाम दिने

वासिङ्टन डीसी : अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न सहयोग गर्नेलाई अब ५ करोड डलर दिने भएको छ । यसअघि घोषण गरिएको भन्दा यो राशि दोब्बर हो । अमेरिकी प्रशासनले मदुरोलाई ‘विश्वको सबैभन्दा ठुला लागूपदार्थ तस्करमध्ये एक’ भएको आरोप लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो समयदेखि मादुरोको आलोचक रहँदै आएका छन् । जनवरीमा भएको विवादास्पद चुनावपछि मदुरो सत्तामा फर्किएका थिए । तर उनको पुनरागमनलाई अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा अस्वीकार गरेको थियो ।

मदुरोलाई समात्न मद्दत गर्नेलाई दिने भनेर पहिले घोषणा गरिएको २५ मिलियन डलरको पुरस्कार राशि अब दोब्बर गरिएको अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले भनेका छन् । मदुरो लागूपदार्थ तस्करीमा प्रत्यक्ष रूपमा संलग्न रहेको उनको भनाइ छ । भेनेजुएलाका विदेश मन्त्री इभान गिलले नयाँ पुरस्कारलाई ‘अर्थहीन’ र ‘राजनीतिक प्रचार’ को संज्ञा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट