काठमाडौँ : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा समाजवादको कार्यक्रम अघि सार्ने पहिलो पार्टी नेकपा (एकीकृत समाजवादी) भएको बताएका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपालले शुक्रबार पार्टी निकट उद्योगी व्यवसायीहरूको अधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘कम्युनिस्ट पार्टीहरूमध्ये यो हाम्रो पार्टी पहिलो हो, जसले समाजवादको कार्यक्रम पारित गरेको छ’, अध्यक्ष नेपालले भने, ‘पहिलो महाधिवेशनबाट समाजवादको कार्यक्रम अघि सारेका छौँ ।’
उनले अरू पार्टीहरूलाई पनि समाजवादी क्रान्तिका लागि आउन आग्रह गरे । निर्वाचन आयोगमा बुझाएको पार्टीको घोषणापत्रमै नेपाली समाजको वर्ग विश्लेषण गर्दै रणनीति,कार्यनीति तथा समाजवादी विचारलाई अगाडि सारिएको अध्यक्ष नेपालले बताए ।
अध्यक्ष नेपालले आफ्नो पार्टीले नेपालको कम्युनिस्ट आन्दोलनलाई सकारात्मक र क्रान्तिकारी दिशामा अघि बढाउन खोजेको समेत बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij