Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

शिक्षामा बजेटको २० प्रतिशत लगानी गरिए विदेशी विद्यार्थी नेपाल आउँछन् : प्रचण्ड

शिक्षामा बजेटको २० प्रतिशत लगानी गरिए विदेशी विद्यार्थी नेपाल आउँछन् : प्रचण्ड

काठमाडौँ  : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यले विदेशी विद्यार्थीहरू नेपाल पढ्न आउने गरी शिक्षा क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौँमा अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक बहसमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले राज्यले आँट गर्ने हो भने शिक्षामा बजेटको २० प्रतिशत लगानी गरेर नेपाली विद्यार्थी विदेश जाने नभई विदेशी विद्यार्थी नेपालमा पढ्न आउने वातावरण बनाउनुपर्ने बताएका हुन् ।

‘रोजगारी सिर्जना गर्ने शिक्षा नीतिको विकास गर्नुपर्छ देशभित्रै उच्च र गुणस्तरीय शिक्षा हासिल गर्ने वातावरण गर्नुपर्छ’, उनले भने, ‘बजेटको २० प्रतिशत बजेट शिक्षामा लगानी गर्ने हो भने विदेशी विद्यार्थी नेपालमा आउँछन् ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट