काठमाडौं : सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन् । साउन १९ गते उनले रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गराएका हुन्।
लामिछानेले जिल्ला अदालतमा दिएको निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ मा अदालतले धरौट, जमानत वा बैंक जमानत लिई तारिखमा राख्न सक्ने व्यवस्था अनुसार थुनामुक्त गर्न माग गरेका हुन् । लामिछाने चैत २५ देखि रुपन्देही कारागारमा छन् ।
रुपन्देही जिल्ला अदालतले बुटवलको सुप्रिम सहकारी ठगी अभियोगको मुद्दामा लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर, उच्च अदालतले आदेश उल्ट्याउँदै उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
सहकारी प्रकरणमा लामिछाने यसअघि पनि ८४ दिन हिरासत बसेर रिहा भएपछि २५ दिन बाहिर बसेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij