Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

गोसाइँकुण्ड जाने तीर्थयात्रीहरुलाई उपचारको प्रबन्ध

गोसाइँकुण्ड जाने तीर्थयात्रीहरुलाई उपचारको प्रबन्ध

रसुवा : जनैपूर्णिमा पर्वका अवसरमा लाग्ने पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आउने भक्त्तजनहरुको प्राथमिक उपचार गर्ने स्थान छनोट भएसँगै यात्रुको प्राथमिक उपचार गर्न सुरु गरिएको छ ।यही साउन २४ गते लाग्ने मेलामा तीर्थयात्रीहरु नागपञ्चमीबाटै स्नान गर्न गोसाइँकुण्ड गएपनि पुत्रदा एकादशीदेखि भने शिविर सञ्चालन गरि तीर्थयात्रीहरुको प्राथमिक उपचार सुरु गरिएको जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख झमप्रसाद आचार्यले बताउनुभयो ।यसबर्ष मेला अवधिभरका लागि धुन्चेदेखि गोसाइँकुण्डसम्म सात स्थानमा चिकित्सक सहित स्वास्थ्य शिविर तथा हेल्पडेस्क सञ्चालन गरिएको हो ।

जसअनुसार धुन्चेमा रसुवा अस्पताल र जनस्वास्थ्य कार्यालय, देउरालीमा योङ कम्युनिष्ट लिग र अनेरास्वबियु क्रान्तिकारी, चन्दनबारी र चोलाङपाटीमा श्रीनाथ गण, लौरीबिनामा रसुवा अस्पताल र जनस्वास्थ्य कार्यालय तथा गोसाँईकुण्ड गाँउपालिका स्वास्थ्य शाखा, बुद्ध मन्दिरमा रसुवा अस्पताल र जनस्वास्थ्य कार्यालय तथा गोसाँईकुण्ड गाँउपालिका स्वास्थ्य शाखाले स्वास्थ्य शिविर तथा हेल्पडेस्क सञ्चालन गरिरहेका छन् ।

त्यसैगरी गोसाँईकुण्डमा हिमालय उद्धार समाजले स्वास्थ्य शिबिर सञ्चालन गरेको गोसाँईकुण्ड क्षेत्र बिकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताउनुभयो ।विगतको भन्दा यस वर्ष स्थान थप गरी चिकित्सकको सङ्ख्या पनि थप गरिएकाले उपचार सेवा बढी प्रभावकारी हुने अपेक्षा गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार १५ हजार भक्तजनले पवित्र तीर्थ गोसाइँकुण्ड पुग्ने लक्ष्यका साथ धार्मिक मार्गको सात स्थानमा स्वास्थ्य शिविर तथाहेल्पडेस्क सञ्चालन गर्ने तय गरी काम गर्न इच्छा प्रकट गर्ने संस्थालाई सेवाको स्थान छनोट गरि दिईएको हो ।सिन्धुपाल्चोक तथा नुवाकोट र रसुवाकै अन्य पदमार्ग प्रयोग गरि गोसाँईकुण्ड स्नान गर्न आउने तीर्थयात्रीहरुलाई भने स्वास्थ्य शिविर तथा हेल्पडेस्कको सुबिधा नरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट