Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नारायणकाजी श्रेष्ठ र विप्लवबिच भेटवार्ता

नारायणकाजी श्रेष्ठ र विप्लवबिच भेटवार्ता

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबिच भेटवार्ता भएको छ । श्रेष्ठ निवास हात्तीवनमा करिब एक घण्टा भेट भएको विप्लवको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार दुई नेताबिच समसामयिक राजनीति, पार्टी एकता सम्बन्धमा माओवादी स्थायी समिति बैठकले गरेको निर्णय लगायत विषयमा छलफल भएको छ ।

माओवादीको भर्खर सम्पन्न स्थायी समिति बैठकले नेकपासँग एकता गर्ने निर्णय गरेको थियो । नेकपाले भदौको तेस्रो हप्ता बस्ने केन्द्रीय समिति बैठकले औपचारिक निर्णय गर्ने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट