Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

विप्लवसँग छिट्टै पार्टी एकता हुन्छ : महासचिव गुरुङ

विप्लवसँग छिट्टै पार्टी एकता हुन्छ : महासचिव गुरुङ

काठमाडौँ : नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीसँग छिट्टै एकता हुने दाबी गरेका छन् । बुधबार संवाद डबलीले काठमाडौँमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै गुरुङले तत्काल वार्ता टोली गठन गरी एकताका आधार तयार गर्ने जानकारी दिए ।

गुरुङले देशमा बढ्दै गएको व्यवस्थामाथिको खतरा र समाजवादी क्रान्तिका लागि विचार मिल्ने सक्तीहरूबिचको एकता अत्यावश्यक भएको बताए । नेकपासँगको एकता विचार राजनीतिक प्रतिबद्धतामा त्यति धेरै भिन्नता नदेखिएकोले पनि छिटो एकता गर्न सहज हुने उनको भनाइ छ ।

उनले स्थायी कमिटी बैठकमा पार्टीमा विभिन्न विषयमा घनिभूत छलफल भएको र पार्टी थप एकताबद्ध भएको जिकिर गरे । अहिले देशमा बढ्दै गएको राजनीतिक सङ्कटले पार्टी मजबुत बनाउनुपर्ने बेला कोही कसैका विचारलाई निषेध गर्न नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट