Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सङ्घीय लोकतान्त्रिक मोर्चाको जाेड : रुपन्देही– ३ काे उपनिर्वाचनमा जित्ने गरी लागाैँ

सङ्घीय लोकतान्त्रिक मोर्चाको जाेड : रुपन्देही– ३ काे उपनिर्वाचनमा जित्ने गरी लागाैँ

रुपन्देही : सङ्घीय लोकतान्त्रिक मोर्चाले वर्तमान अवस्थाबारे “जनजागरण अभियान“ कार्यक्रम आयाेजना गरेकाे छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको अध्यक्षतामा बुधबार रुपन्देहीको सियारीमा आयाेजित कार्यक्रममा रुपन्देही– ३ काे उपनिर्वाचन जित्ने गरी लाग्नुपर्नेमा जाेड दिइएकाे छ ।

कार्यक्रममा बोल्दै मोर्चाका राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले अहिलेको सत्ता गठबन्धन अप्राकृतिक रहेको बताए । उनले देशलाई लुट्न र पाप लुकाउनका लागि गठबन्धन सरकार बनेको समेत बताए । उनले रुपन्देही क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचन उत्पीडित र विभेदमा परेका जनता सधैँ गुलाम रहने कि मालिक बन्ने त्यसको परीक्षावाला चुनाव हुने बताए ।

कार्यक्रममा बोल्दै जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले देश आफूहरूको भए पनि राज्यसत्ता आफूहरूको हुन नसकेको बताए । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले मधेसीहरूले थारुलाई विश्वास गरेर गुन लगाएको बताए ।उनले रुपन्देही ३ को उपनिर्वाचन जसरी पनि जित्नैपर्ने समेत बताए ।

सङ्घीय लोकतान्त्रिक मोर्चाले देशभर आठ स्थानमा जनजागरण अभियान घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट