Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्रतिनिधिसभामा कांग्रेसका दुई सांसदको समिति हेरफेर

प्रतिनिधिसभामा कांग्रेसका दुई सांसदको समिति हेरफेर

काठमाडौँ : प्रतिनिधिसभामा नेपाली कांग्रेसका दुई सांसदको समिति हेरफेर भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको मंगलबारको बैठकमा पेस गरेको समिति हेरफेरको प्रस्ताव संसद्‌बाट सर्वसम्मत स्वीकृत गरेको हो । नागिना यादव र संगिता मण्डल धानुकको समिति परिवर्तन गरिएको हो ।

यादवलाई कानुन न्याय तथा मानव अधिकार समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सरुवा गरिएको छ भने मण्डललाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट कानुन न्याय तथा मानव अधिकार समितिमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट