Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सुदूरपश्चिममा वर्षौंदेखि सडक अलपत्र पार्ने बानियाँ बागमतीको मुख्यमन्त्री बन्दै

सुदूरपश्चिममा वर्षौंदेखि सडक अलपत्र पार्ने बानियाँ बागमतीको मुख्यमन्त्री बन्दै

काठमाडौं : सुदूरपश्चिमका बाजुरा र अछाममा वर्षौंदेखि सडक अलपत्र पार्ने ठेकेदार इन्द्रबहादुर बानियाँ आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दै छन् । नेपाली कांग्रेसका नेता तथा सांसद बानियाँको साझेदारीमा रहेका निर्माण कम्पनीहरूले जिम्मा पाएका सडकहरू सुदूरपश्चिममा लामो समयदेखि अधुरै छन् ।प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बानियाँलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका हुन् । तर, उनी संलग्न कम्पनीहरूले पाएको ठेक्का कार्यमा लापरबाही भएको आरोप छ ।

अछामको ३८ किलोमिटर जयगढ–रामारोशन सडक २०७४/०७५ सालमा सुरु भए पनि अझै सम्पन्न भएको छैन । १५ करोड बजेटमध्ये साढे १३ करोड फिर्ता हुनुपरेको पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ ।

त्यस्तै, बाजुराको कोल्टी–मार्तडी सडकमा पनि दोस्रो र तेस्रो प्याकेजमा बानियाँको साझेदारी रहेको कम्पनीले अहिलेसम्म आधा मात्र काम सम्पन्न गरेको छ । पटक–पटक म्याद थप भए पनि निर्माण कार्य सुस्त गतिमा छ ।सुदूरपश्चिम प्रदेशसभामा माओवादी सांसद अक्कल बहादुर रावलले यो मुद्दा उठाउँदै भनेका छन्, ‘काम नगर्ने ठेकेदारलाई मुख्यमन्त्री बनाएर पुरस्कृत नगर्नुहोस्।’

यद्यपि, निर्माण पक्षले आर्थिक स्रोत अभावलगायत कारण देखाउँदै काम ढिलो भएको दाबी गर्दै आएको छ । सोमबार नेपाली कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका बानियाँ आज मुख्यमन्त्रीमा नियुक्ति हुनेछन् ।

बागमतीका तत्कालीन मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएपछि बानियाँ नयाँ मुख्यमन्त्री बन्न लागेका हुन् । उनले एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाको हस्ताक्षरसहित मुख्यमन्त्री पदका लागि सोमबार दाबी पेस गरेका थिए ।यसअघि नेपाली कांग्रेस संसदीय दलको निर्वाचनलाई आफु केन्द्रित प्रभावित पार्ने गरि बानियाँले आफ्ना पक्षमा हस्ताक्षर गरेका सांसदहरुलाई अस्वाभाविक नियन्त्रणमा राखेको तथ्य बाहिरिएको थियो ।

संसदीय दलको निर्वाचनमा आफुलाई मत हाल्न दबाब दिने मनसायका साथ सांसदहरुलाई सौराह लगेको घटना बाहिरिएको थियो ।बानियाँ समुहले सौराहा पुर्याएका सांसदहरुलाई टेलिफोन सम्पर्क देखि बाहिर निस्कन समेत नदिएको एक सांसदले गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट