Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

गोरखा सदरमुकाममा निजी स्तरबाट सुविधा सम्पन्न अस्पताल निर्माण

गोरखा सदरमुकाममा निजी स्तरबाट सुविधा सम्पन्न अस्पताल निर्माण

गोरखा: गोरखा सदरमुकाममा निजी स्तरबाट सुविधा सम्पन्न अस्पताल निर्माण सम्पन्न भएको छ । गोरखा र चितवनका व्यवसायीहरू मिलेर ५५ करोड ७५ लाख २५ हजार खर्चेर सुविधा सम्पन्न अस्पतालको निर्माण गरेका हुन् ।अस्पतालको नाम एनपिआइ गोरखा हस्पिटल प्रा.ली राखिएको छ । गोरखा नगरपालिका–८ को अर्चले फाँट, नमुना प्रतीक्षालय टोलमा हालै निर्माण सम्पन्न भएको अस्पताल चितवनको भरतपुरमा रहेको एनपिआइ नारायणी सामुदायिक अस्पताल सँग आबद्ध रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लेखराज पन्त (हरि)ले बताउनु भयो ।अध्यक्ष पन्तका अनुसार अस्पताल सञ्चालन कोलागि हालै मात्र गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयबाट १०० बेडको स्वीकृति पाएको छ ।आउँदो भाद्र १ गतेबाट सञ्चालनमा ल्याउने तयारी गरिहरेको अस्पतालले सबै सेवा कालागि अत्याधुनिक मेशिनहरू खरिद गरेर जडान गरिसकेको छ ।२०७७ साल माघ ५ गतेबाट निर्माण सुरु गरेको अस्पताल ६ बर्सपछि निर्माण सम्पन्न भएको हो । भवन निर्माण निर्माण कोलागि शेयर सदस्यहरूबाट २२ करोड ८८ लाख र बैङ्क मार्फत २६ करोड २२ लाख ऋण लिएर निर्माण गरिएको अध्यक्ष पन्तले बताउनु भयो ।

९ रोपनी क्षेत्रफलमा  फैलिएको अस्पतालमा बहिरङ्ग र अन्तरङ्गका  साथै, भिआइपीहरूको सेवा कालागि  समेत वार्ड बनाइएको छ । जिल्लामा नै पहिलो पटक अस्पतालले सिटी स्क्यान मेशिन जडान गरेको छ । अस्पतालले सुरुमा ७ विशेषज्ञ चिकित्सकहरू सहित सेवा दिने भएको छ ।अस्पतालले ७ विशेषज्ञहरूमा फिजिसियन, हाड जोर्नी, बाल रोग, स्त्री, सर्जन, रेडियोलोजिष्ट र एनेथेसियोलोजिष्ट सेवा दिने भएको छ ।त्यस बाहेक पनि नाक, कान, घाँटी रोग, छाला रोग र नशा तथा मानसिक रोगका चिकित्सक सेवा समेत अस्पतालबाट पाउन सकिने भएको छ ।अस्पतालले आफ्नै फार्मेसी समेत सञ्चालनमा ल्याउन लागेको अध्यक्ष पन्तले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट