Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सभापति देउवा : ‘अहिलेको परिवर्तनमा स्व चन्द्रकान्त बगालेको महत्त्वपूर्ण योगदान छ’

सभापति देउवा : ‘अहिलेको परिवर्तनमा स्व चन्द्रकान्त बगालेको महत्त्वपूर्ण योगदान छ’

चितवन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको परिवर्तन प्राप्तिमा स्व चन्द्रकान्त बगालेको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । आज बगालेको निवास भरतपुर महानगरपालिका-४ त्रिचोकमा आयोजित श्रद्धाञ्जली सभामा उनले हरेक आन्दोलनमा उनले निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

काँग्रेसले पार्टीमा योगदान दिने र त्याग गर्नेहरूलाई सधैँ सम्मान गर्ने सभापति देउवाले बताए । अग्रजहरूको सपना पूरा गर्नका लागि पार्टी नेतृत्व सधैँ तयार रहेको भन्दै उनले पार्टीले पुराना नेताको सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।

विसं १९८६ पुस १५ गते लमजुङको साविक सूर्यपाल गाउँविकास समिति नं ८ मा जन्मेका बगालेको विसं २०८२ साउन १० गते ९७ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट