Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

पूर्व प्रमुख संरक्षण अधिकृतको सम्मानमा छावाको नाम राखियो 'रामप्रित गज'

पूर्व प्रमुख संरक्षण अधिकृतको सम्मानमा छावाको नाम राखियो 'रामप्रित गज'

चितवन : चितवनको हात्ती प्रजनन् केन्द्र खोरसोरमा जन्मिएको ६९ औं छावाको नाम रामप्रित गज राखिएको छ। चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा छावाको नामाकरण गरिएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले यादवले संरक्षणमा पुर्याएको योगदानको कदरस्वरुप छावाको नामाकरण गरिएको बताए।

यो छावालाई तमोरकलीले साउन ७ गते जन्माएको थियो। यो तमोरकलीको तेस्रो सन्तान हो। प्रजनन् केन्द्रको रेकर्डमा रामप्रित गजको बाबु जंगली हात्ती रोनाल्डो रहेको उल्लेख छ। प्रजनन् केन्द्रमा आर्थिक वर्ष २०८१/०८२ मामात्रै ५ वटा छावा जन्मिएका थिए। रामप्रित गज यो आर्थिक वर्षमा जन्मिएको पहिलो छावा हो।

प्रजनन् केन्द्रमा अहिले माउ-छावा गरेर २२ वटा हात्तीहरु रहेको केन्द्रका प्रमुख मनपुरन चौधरीले जानकारी दिए। तीमध्ये ६ वटाले तालिम पाइसकेका छन्। ७ वटालाई तालिम दिन बाँकी छ। छावा ३ वर्षको भएपछि तालिम दिने चलन छ।    प्रजनन् केन्द्रसहित निकुञ्जका विभिन्न पोष्टहरुमा गरेर ५८ वटा हात्ती रहेको चौधरीले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट