महाेत्तरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेशको पूर्ण बैठक महोत्तरीको बर्दिबासमा बसेको छ । आइतार बसेको बैठकमा जिल्लागत प्रगति विवरण, पदपूर्ति सम्बन्धमा, सङ्गठन सबलीकरण अभियान र प्रशिक्षण कार्यक्रम तय गर्ने सम्बन्धमा, हस्ताक्षर अभियान, हुलाकी राजमार्गमा राजनीतिक यात्रा सम्बन्धमा, बारा र सप्तरी जिल्ला समितिबारे आएका गुनासो सम्बन्धमा छलफल हुने एजेन्डा रहेको छ प्रवक्ता मनिष झाले जानकारी दिए ।
मधेस प्रदेश बैठकमा प्रमुख अतिथि कार्यवाहक सभापति तथा सांसद डीपी अर्याल, मधेस प्रदेश इन्चार्ज, पार्टी प्रवक्ता तथा सांसद मनिष झा, सांसद प्रोडा. चन्दा कार्की, केन्द्रीय सदस्य डा.नन्दन यादव, केन्द्रीय सदस्य कामिनी चौधरी लगायतको उपस्थिति रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij