Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवन प्रहरीद्वारा २४ विदेशी नागरिकसहित सयौँ अपराधी पक्राउ

चितवन प्रहरीद्वारा २४ विदेशी नागरिकसहित सयौँ अपराधी पक्राउ

चितवन :  बिभिन्न अपराधिक कार्यमा संलग्न रही फरार एक हजार ५०८ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार गत आर्थिक वर्षमा एक हजार ७६५ मुद्दामा उनीहरूलाई पक्राउ गरी कारबाही गरिएको हो ।

ती मुद्दामा एक हजार ८९२ जना अभियुक्त रहेका छन् । उहाँका अनुसार यस वर्ष परेका मुद्दामा एक हजार ६९६ जना पुरुष, एक सय ७१ महिला र समलिङ्गी एक जना संलग्न रहेका छन् । तीमध्ये विदेशी नागरिक २४ जना रहेका छन् । तेइस जना पुरुष र एक महिला विदेशी रहेको उहाँले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा, सवारी ज्यान, लागुऔषध, जबर्जस्ती करणी, बाल यौन दुरुपयोग, मानव बेचबिखन तथा ओसारपसार, अभद्र व्यवहार, आत्महत्या, चोरी, जुवा, ठगी, विद्युतीय अपराध, बैंकिङ कसुर रहेका छन् ।

कार्यालयले फैसला कार्यान्वयनतर्फ गत आवमा पाँच सय ८३ जनालाई पक्राउ गरी अदालतमा बुझाएको छ । उनीहरूबाट एक सय २७ वर्ष छ महिना तीन दिन कैद र रु दुई करोड ५८ लाख ७९ हजार ४१९ जरिवाना असुल गरिएको छ । फैसला कार्यान्वयनका लागि एक हजार ८०७ जना पक्राउ गरी कानुनी दायरामा ल्याउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट