Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

वर्षमान पुनको चेतावनी – कोही पनि माओवादी नेता दायाँबायाँ गरेर भाग्न पाउँदैन

वर्षमान पुनको चेतावनी – कोही पनि माओवादी नेता दायाँबायाँ गरेर भाग्न पाउँदैन

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले पार्टीका नेताहरुलाई इतिहास र जनताको त्यागप्रति जिम्मेवार रहन चेतावनी दिएका छन् । शनिबार राजधानीमा आयोजित भिमदत्त पन्तको ३२औं स्मृति दिवस कार्यक्रममा बोल्दै उनले १० हजारको बलिदान र लाखौं योद्धाको समर्पणको जिम्मा लिनु सबै माओवादी नेताको कर्तव्य भएको बताएका हुन् ।

पुनले भने, “जति रिस उठे पनि दायाँबायाँ गर्न वा भाग्न पाइँदैन। हामी आन्दोलनबाट आएका जिम्मेवार नेताहरु हौं। युद्धमा बाँचेकाहरुले परिवर्तन, जनताको अपेक्षा र इतिहासको जिम्मेवारी लिनै पर्छ।”

अर्का उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्वबारे सार्वजनिक अभिव्यक्ति दिएका बेला पुनको यो भनाइ आएको हो । उनले माओवादी स्थायी समिति बैठक मर्यादित र जनवादी वातावरणमा चलिरहेको र पार्टीलाई एकताबद्ध गर्ने प्रयास भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट