विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्ने खतरा रहेको चेतावनी दिएका छन् ।नेपाली कांग्रेस विराटनगर महानगरपालिका वडा नम्बर ४ कार्यसमितिले शनिबार आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहमा नेता कोइरालाले सो चेतावनी दिएका हुन् ।
उनले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने बताए ।बलियो कांग्रेसले मात्रै लोकतन्त्रको जगेर्ना गर्न सक्ने बताउँदै कोइरालाले कांग्रेस बलियो बनाउन जेन्जी पुस्तालाई पार्टीसँग जोड्नुपर्ने बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij