Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

हृदयेन्द्रको जुम्ला ‘भ्लग’ बारे माओवादी सांसद लामाको कडा टिप्पणी

हृदयेन्द्रको जुम्ला ‘भ्लग’ बारे माओवादी सांसद लामाको कडा टिप्पणी

काठमाडौँ : पूर्व नवयुवराज हृदयेन्द्र वीरविक्रम शाहको ‘जुम्ला भ्लग’लाई लिएर नेकपा (माओवादी केन्द्र) की सांसद छिरिङ ल्हामु लामाले तीव्र असन्तुष्टि पोखेकी छिन् । जुम्लाको पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्यले बनाइएको शाहको ‘भ्लग’लाई लिएर लामाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि पोखेकी हुन् ।

शाहको ‘भ्लग’ ले यतिबेला निकै चर्चा पाएको छ । सञ्चारमाध्यमले पनि प्राथमिकताका साथ समाचार प्रकाशित गरिरहेको बेला उनले शाहले जुम्लामा प्रवेश गर्नु अपवित्र भएको टिप्पणी गरेकी छिन् ।

संघीय प्रतिनिधिसभामा जुम्लाबाट प्रतिनिधित्व गरेकी लामाले देशलाई शाहकै जिजु बाजेहरूले नै कंगाल बनाएको आरोप लगाएकी छिन् । दरबारमा भोटे कुकुरका छाउरा हुर्केझैँ ऐस आरामले हुर्केकाले जुम्लालाई चिनाउन आवश्यक नभएको लामाले आक्रोश पोखेकी छिन् ।

‘उसको पूरै वंश जिजु बाजेहरूले देशलाई कंगाल हुने गरी लुटेर दरबारमा थुपारेको धनले विदेशमा एेस आरामले बिलासी जीवन बिताइरहेको भोटे कुकुर को छाउरा हुर्के झै गरेर हुर्काएको साँढे प्रवृत्ति जस्तैले चिनाउनुपर्छ र ? जुम्लालाई चिनाउने विषयमा हृदयेन्द्र शाहको भन्दा ब्लगर सिर्जना सिज्जु लगायत धेरैको ब्लग अझ धेरै राम्रो र स्पष्ट छ तर विडम्बना सिर्जनाको ब्लगले न त कुनै सामाजिक अभियन्ताले चर्चा गर्‍यो न त कुनै मिडियाको हेडलाइन बन्यो। किनकि उनी राजपरिवारको सदस्य होइन’, उनले लेखेकी छिन् ।

शाहको ‘भ्लग’मा देखाइएको जुम्लाको विकास २४० वर्षे राजतन्त्रले नभई १५ वर्षमा गणतन्त्रले गरेको उनले जिकिर गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट