Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवनमा बढ्दै डेङ्गु, साउन यता २० जनामा पुष्टि

चितवनमा बढ्दै डेङ्गु, साउन यता २० जनामा पुष्टि

चितवन : चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । साउन यता २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको हो । सात सय ९८ जनाको परीक्षणका क्रममा २० जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

कार्यालयकी जनस्वास्थ्य अधिकृत अंशु पोखरेलका अनुसार सङ्क्रमितमध्ये १४ जना चितवनका हुन भने ६ जना जिल्ला बाहिरका रहेका छन् । वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी साउन, भदौ, असोजमा डेङ्गुको सङ्क्रमण देखिने गर्दछ ।

यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांशपेशी दुख्ने, शरीरमा विविरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्ष्यण देखा पर्छ ।

डेङ्गुबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट