Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

राप्रपाका केन्द्रीय सदस्य कार्कीद्वारा पार्टी परित्याग

राप्रपाका केन्द्रीय सदस्य कार्कीद्वारा पार्टी परित्याग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य किशोर कार्कीले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका छन् ।केन्द्रीय सदस्य कार्कीले विहीवार प्रेस विज्ञप्ति जारी गर्दै अब स्वतन्त्र नागरिकको भूमिकामा रहने बताएका छन् ।

अध्यक्षले अभिभावको भूमिका निर्वाह नगरेको, विभाजित भएको पार्टीलाई सम्हाल्ने सोच नदेखाएको आरोप लगाएका छन् । आफुले अनेक प्रयास गर्दा पनि पार्टीलाई सही दिशामा ल्याउन नसकेको उनको दाबी छ ।कार्की यसअघि उच्चस्तरीय कार्य सम्पादन समिति सदस्य, मेश प्रदेश संयोजक, केन्द्रीय अनुशासन समितिको सदस्य र सचिवलगायतका जिम्मेवारीमा थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट