Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

कांग्रेस र एमालेबिच भएको सहमतिले राजनीतिक स्थायित्वको वातावरण बन्दै गयाे : उपप्रधानमन्त्री सिंह

कांग्रेस र एमालेबिच भएको सहमतिले राजनीतिक स्थायित्वको वातावरण बन्दै गयाे : उपप्रधानमन्त्री सिंह

काठमाडौँ : उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले कांग्रेस र एमालेबिच भएको सहमतिका कारण मुलुकमा राजनीतिक स्थायित्वको वातावरण बन्दै गएको बताएका छन् ।

बिहीबार नेपाली कांग्रेस रामेछापले आयोजना गरेको कार्यक्रममा सिंहले दुई दलबिच भएको सात बुँदे सहमतिका कारण ६–६ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य भएको र मुलुकमा राजनीतिक स्थायित्वको वातावरण बन्दै गएको बताएका हुन् । उनले आफूहरू सत्तामा जान र मन्त्री वा प्रधानमन्त्री हुन मात्रै सातबुँदे सहमति नभएको स्पष्ट पारे ।

कांग्रेस नेता समेत रहेका सिंहले पार्टीलाई विधि विधान अनुसार नै संस्थागत गरेर अघि बढाउनुपर्नेमा जोड दिए । उनले कांग्रेसलाई विभिन्न चुनौती सामना गर्न सक्ने गरी पार्टीको नेतृत्व गर्ने चाहना रहेको समेत बताए ।

सिंहले आफू पार्टी सभापति र प्रधानमन्त्रीबाहेक सबै पदमा पुगेकाले आफूसँग भएका अनुभव सबैलाई बाँड्दै पार्टीलाई बलियो बनाउन लाग्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट