Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

विश्वासको मत लिदै सुदूरपश्चिमका मुख्यमन्त्री शाह

विश्वासको मत लिदै सुदूरपश्चिमका मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् ।नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन्। उनले दिउँसो ५ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची छ।मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले असार २० गते समर्थन फिर्ता गरेको थियो।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको अवस्थामा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन सत्ता साझेदार नेकपा एमालेले ह्विप जारी गरेको छ। सबै प्रदेश सभा सदस्यलाई अनिवार्य बैठकमा उपस्थित हुन बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट