Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नागरिक उन्मुक्ति पार्टीको भेला आज पनि, नयाँ अध्यक्ष चयनको तयारी

नागरिक उन्मुक्ति पार्टीको भेला आज पनि, नयाँ अध्यक्ष चयनको तयारी

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय भेला बिहीबार पनि नयाँ बानेश्वरमा जारी छ । भेलाले नयाँ अध्यक्ष चयन गर्ने कार्यसूची रहेको छ ।बुधबारको बैठकले अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको थियो । पोखराको लिचीबारी जग्गा प्रकरणमा मुछिएकी श्रेष्ठले अनुशासन समितिको २४ घन्टे स्पष्टीकरणमा जवाफ नदिएपछि उनलाई पदमुक्त गरिएको हो ।

श्रेष्ठ अनुपस्थित रहेको भेलाले वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेको थियो । अध्यक्षका आकांक्षीमा रामलाल डगौरा, लालवीर चौधरी र संसदीय दल नेता गंगा चौधरी चर्चामा छन् ।यद्यपि निर्वाचन आयोगमा नयाँ कार्यसमिति अद्यावधिक गर्न भने कानुनी जटिलता देखिएको छ । पार्टी विधानअनुसार अध्यक्षलाई महाधिवेशनबाहेक हटाउन नपाइने भएकाले विवाद चुलिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट