Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

आन्तरिक राजस्व विभागका उपमहानिर्देशक चिलुवालको सरुवा

आन्तरिक राजस्व विभागका उपमहानिर्देशक चिलुवालको सरुवा

काठमाडौँ: सरकारले आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थराज चिलुवालको सरुवा गरेको छ। साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णयअनुसार, विभागका उपमहानिर्देशक चिलुवाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गरिएको छ। उनी नेपाल प्रशासन सेवाका हुन्।

त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेष नारायण पौडेललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरी राष्ट्रिय सहकारी नियमन प्राधिकरण, ललितपुरको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ।

गृह मन्त्रालयमा कार्यरत सहसचिव बुद्ध बहादुर गुरुङलाई आदिवासी जनजाति आयोग, ललितपुरको सचिवमा सरुवा गरिएको छ। यसैगरी, कोशी प्रदेशको प्रदेश योजना आयोगमा प्रदेश सचिवका रूपमा कार्यरत मिमांस अधिकारीलाई वन तथा वातावरण मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट