कैलाली : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल लोडसेडिङ नरहेको स्पष्ट पारेका छन्।मन्त्री खड्काले आज कैलालीको धनगढीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै विद्युत् निर्यात समेत भइरहेको हुँदा लोडसेडिङको अवस्था नरहेको बताएका हुन्।
उनले भने- गर्मीका समयमा विद्युत् खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या छ।’ ‘वर्षात्का बेला धेरै ठाउँमा मर्मत गर्नुपर्ने, चट्याङका कारण ट्रान्सफर्मर जल्नेजस्ता समस्या आउँछन्।’यसलाई लोडसेडिङ भनेर अफवाह फैलाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij