Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

बहादुरसिंह लामा भन्छन्–लोकतान्त्रिक विधिको प्रक्रिया पुग्यो पुगेन हेर्न बाँकी छ

बहादुरसिंह लामा भन्छन्–लोकतान्त्रिक विधिको प्रक्रिया पुग्यो पुगेन हेर्न बाँकी छ

हेटौंडा : बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएसँगै लोकतान्त्रिक विधि र प्रक्रिया पुग्यो पुगेन भन्ने हेर्न बाँकी नै रहेको बताएका छन् ।

आफूविरुद्धको अविश्वास प्रस्तावमा उनले यस्तो बताएका हुन् । मंगलबार कांग्रेस संसदीय दलको बैठकमा भएको मत विभाजनमा अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ सांसदले मत दिएका थिए ।सञ्चारकर्मीसँग कुरा गर्दै लामाले भने–‘नेपाली कांग्रेस पार्टी लोकतान्त्रिक विधिमा विश्वास गर्ने पार्टी हो । त्यसले गर्दा अहिलेको प्रक्रियामा लोकतान्त्रिक विधिको प्रक्रिया पुग्यो पुगेन हेर्न बाँकी छ ।’

आजको मत विभाजनमा आफ्नो पक्षमा बहुमत नभएपछि दलको नेता रिक्त हुने उनको दावी छ । दलको नेता चयन गर्न चुनाव गर्नुपर्ने भन्दै त्यसका लागि भोलीसम्म कुर्नुपर्ने पनि बताए ।यद्यपी उनले मुख्यमन्त्री हुन संसदीय दलको नेता नै हुनुपर्ने भन्ने नरहेको भन्दै आफूलाई कसैले हटाउन नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट