Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

लामाले गुमाए संसदीय दलको नेताको हैसियत, बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो

लामाले गुमाए संसदीय दलको नेताको हैसियत, बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो

हेटौंडा : बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।आज भएको मतविभाजनमा उनको विपक्षमा २२ मत परेको छ भने पक्षमा १५ मत मात्र परेको छ । आज बसेको संसदीय दलको बैठकमा मत विभाजन भएको हो ।विश्वासको मत सम्बन्धी निर्णय लिन केन्द्रीय सदस्य एवं केन्द्रीय पर्यवेक्षक राजन केसीको उपस्थितमा बसेको संसदीय दलको बैठकमा लामा विरूद्धको विस्वासको मत पारित भएको हो ।

अविश्वास प्रस्ताव दर्ता गर्दा २१ सांसदले हस्ताक्षर गरेको बुझाएकोमा निर्णयका क्रममा २२ सांसदले समर्थन गरेका छन्।यो संगै इन्द्र बानियाँलाई संसदीय दलको नेता बन्ने बाटो खुलेको छ । संसदीय दलको नेतालाई गोप्य मतदान हुनेछ ।

बानियाँ पक्षमा समर्थन गर्ने सांसदहरु ईन्द्रबहादुर बानियाँ शिवराज अधिकारी कञ्चनचन्द्र वादे दिपेन्द्र श्रेष्ठ पुकार महर्जन बिनु रायमाझी पौडेल यमुना देवी श्रेष्ठ उर्मिला नेपाल केसी शान्ता ढकाल प्रभात तमाङ छिरीङ्ग दोर्जे लामा मीना पराजुली याङ्किला शेर्पा मीन कृष्ण महर्जन बिमल ठकुरी मदुकुमार श्रेष्ठ सुरजचन्द्र लामिछाने सुरेश श्रेष्ठ श्रीराम लामिछाने सुना परियार श्यामबहादुर खड्का कृष्णबहादुर तामाङ

लामाको पक्षमा समर्थन गर्ने सांसदहरु बहादुरसिंह लामा तामाङ कुन्दनराज काफ्ले उत्तम जोशी लक्ष्मी श्रेष्ठ रमेशकुमार महत हरिप्रभा खड्गी रामकुमार पहाडी छेत्रबहादुर बम्जन गिता गुरूङ मसिना खड्का तिर्थ लामा रामकृष्ण चित्रकार माया श्रेष्ठ गोविन्द लम्साल समिता खड्गी

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट