Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बागमती प्रदेशका खानेपानी मन्त्री खड्काद्वारा राजीनामा

बागमती प्रदेशका खानेपानी मन्त्री खड्काद्वारा राजीनामा

हेटौँडा : बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्याम बहादुर खड्काले राजीनामा दिएका छन्। मन्त्री खड्काले कांग्रेस संसदीय दलको कार्यालयमा मंगलबार मुख्यमन्त्री बहादुर सिंह लामा समक्ष राजीनामा बुझाएका हुन्।

कांग्रेस संसदीय दलको कार्यालयमा दलका नेता बहादुर सिंह लामा विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मत विभाजन गर्ने तयारी भइरहेका बेला खड्काले मन्त्री पदबाट राजीनामा दिएका हुन्।

खड्काले राजीनामा दिएसँगै लामाविरूद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । यो सँगै बागमतीमा राजीनामा दिने कांग्रेसका मन्त्रीको सङ्ख्या ५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij