Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

बागमतीमा अविश्वास प्रस्ताव कमजोर : दुई सांसदले हस्ताक्षर लिए फिर्ता, मुख्यमन्त्री लामा बलियो

बागमतीमा अविश्वास प्रस्ताव कमजोर : दुई सांसदले हस्ताक्षर लिए फिर्ता, मुख्यमन्त्री लामा बलियो

काठमाडौं : बागमती प्रदेशमा मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव नयाँ मोडमा पुगेको छ । प्रस्तावमा हस्ताक्षर गरेका दुई प्रदेश सांसदले समर्थन फिर्ता लिँदै मुख्यमन्त्रीप्रति विश्वास व्यक्त गरेका छन् ।

सांसद माया श्रेष्ठ र मीना पराजुलीले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरुलाई जानकारी नदिई हस्ताक्षर गरिएको भन्दै असहमति जनाएका छन् । उनीहरूले मुख्यमन्त्री लामालाई समर्थन रहेको प्रष्ट पार्दै अविश्वास प्रस्तावबाट आफ्नो नाम फिर्ता लिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “हामीलाई अविश्वास प्रस्तावको विषयमा जानकारी नै नगराई हस्ताक्षर गरिएकाले त्यसप्रति हाम्रो असहमति छ, साथै संसदीय दलका नेता मा. बहादुरसिंह लामा (तामाङ) लाई समर्थन रहेको जानकारी गराउँछौं।”गत शुक्रबार कांग्रेस संसदीय दलका २१ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो ।

अब दुई सांसदले समर्थन फिर्ता लिएसँगै लामाविरुद्धको अविश्वास प्रस्ताव कमजोर भएको छ । ३७ जना कांग्रेस सांसदमध्ये बहुमतको समर्थन नपुग्ने देखिएपछि प्रस्ताव असफल हुने संकेत देखिएको छ । मुख्यमन्त्री लामाले अहिलेसम्म पद नछाड्ने अडान लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट