हेटौँडा : बागमतीका आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्ले दक्षिण कोरिया भ्रमण सकेर मंगलबार काठमाडौँ आइपुगेका छन् । मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाउन कांग्रेस संसदीय दलमा पेस भएको अविश्वास प्रस्तावमाथि छलफलको तयारी भइरहँदा मन्त्री काफ्ले विदेशमा रहेकै कारण सोमबार बैठक स्थगित गरेर मंगलबारका लागि सारिएको थियो ।
मुख्यमन्त्री लामाकै प्रस्ताव अनुसार सोमबार बस्ने भनिएको बैठक मंगलबार बिहान १० बजेका लागि भन्दै सारिएको थियो । कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री लामाले आफ्ना केही साथी विदेशमा रहेको भन्दै उनीहरू नआउन्जेलसम्मका लागि संसदीय दलको बैठक नराख्न प्रस्ताव गरेका थिए ।
केन्द्रबाट विवाद समाधान गर्नका लागि गएका प्रतिनिधि राजन केसी पनि मुख्यमन्त्री लामाकै प्रस्ताव अनुसार बैठक सार्न सहमत भएका थिए । मुख्यमन्त्री लामाकै पक्षमा रहेकी मन्त्री हरिप्रभा खड्गीका अनुसार आर्थिक मामिलामन्त्री काफ्ले काठमाडौँमा आइपुगेको जानकारी प्राप्त भएको छ । ‘उहाँ हेटौँडा आइपुगेपछि संसदीय दलको बैठक बस्छ,’ उनले भनिन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij