Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

एनआरएनए रसियाको अध्यक्षमा सिताराम कटेल निर्वाचित

एनआरएनए रसियाको अध्यक्षमा सिताराम कटेल निर्वाचित

काठमाडौँ : बद्री केसी पक्षीय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् रसियाको अध्यक्षमा सिताराम कटेल ‘मिलन’ सर्वसम्मत निर्वाचित भएका छन् । कटेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति २०२५ देखि २०२७ कार्यकालका लागि सर्वसम्मत रूपमा चयन गरिएको हो।

अध्यक्ष कटेलसहित निर्वाचित पदाधिकारीहरूमा उपाध्यक्ष सङ्ग्यान कार्की, उपाध्यक्ष अमितकुमार कर्ण, उपाध्यक्ष डा. प्रनिल प्रधान, महासचिव प्रविनकुमार खतिवडा, सचिव खगेन्द्र धामी, सचिव दयानिधि गुरागाईं, कोषाध्यक्ष रामबाबु पाण्डे, सह–कोषाध्यक्ष यमबहादुर थापा, युवा संयोजक गिभ्सन ढकाल र महिला संयोजक हेमकुमारी पोखरेल ‘कला’ छन् ।

त्यस्तै कार्यकारी सदस्यमा मुक्तिराम न्यौपाने, नारायण भुसाल, बिनय रिजाल, सुजन रायमाझी र गौरव पौडेल निर्वाचित हुनु भएको छ। इन्टरनेसनल कोअर्डिनेशन काउन्सिल (आईसीसी) सदस्यमा डा. मना मूर्ति भुर्तेल निर्विरोध चयन भएका छन् ।

नयाँ कार्यसमितिले यही जुलाई २७, २०२५ मा मास्कोस्थित नेपाली राजदूतावासको सभाहलमा शपथग्रहण गर्ने कार्यक्रम तय गरिएको छ। सर्वसम्मत निर्वाचित भएपछि अध्यक्ष कटेलले सम्पूर्ण रसियामा बसोबास गर्ने नेपालीहरूका लागि एनआरएनए रसिया अभिभावक संस्था बन्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट