Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

युवा सङ्घ लुम्बिनीका अध्यक्ष खरेल निलम्बनमा

युवा सङ्घ लुम्बिनीका अध्यक्ष खरेल निलम्बनमा

काठमाडौँ : नेपाल युवा सङ्घले लुम्बिनी प्रदेशका अध्यक्ष सुरज खरेललाई निलम्बन गरेको छ । सङ्गठनको गरिमा र अनुशासनमा आँच पुर्‍याउने काम गरेको भन्दै उनलाई निलम्बन गरिएको हो ।

पछिल्लो समय सङ्गठनमा प्राप्त जानकारी, उजुरी तथा प्रमाणका आधारमा तपाईंको गतिविधिबाट सङ्गठनको गरिमा र अनुशासनमा आँच पुगेको देखिएको छ। यस सम्बन्धमा सङ्घको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको निर्णयअनुसार तपाईँलाई मिति २०८२ असार २५ गते स्पष्टीकरण सोधिएको थियो , महासचिव महेश चौलागाईले जारी गरेको पत्रमा उल्लेख छ ।

सङ्गठनको सकारात्मक प्रयत्नका विपरीत नेतृत्वलाई अवमूल्यन गरेको, स्पष्टीकरण पत्रमा निर्देश भएअनुसार भौतिक रूपमा उपस्थित भएर जवाफ नदिएको, पत्रमार्फत दिएको स्पष्टीकरणमा समेत गैरजिम्मेवार र अराजक भएकोले निलम्बनको निर्णय गरिएको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट