Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

जनार्दन शर्मालाई प्रचण्डको जवाफ– पार्टीभित्र सिँगौरी खेल्न दिएको छु, के हो जनवाद ?

जनार्दन शर्मालाई प्रचण्डको जवाफ– पार्टीभित्र सिँगौरी खेल्न दिएको छु, के हो जनवाद ?

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपमहासचिव जनार्दन शर्मालाई जवाफ फर्काएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजना भएको कार्यक्रममा प्रचण्डले शर्माको नमै नलिई पार्टीभित्र सिँगौरी खेल्न दिएको बताएका हुन् ।

भिन्न मतलाई दमन गर्ने मेरो कमजोरी होइन । मेरो कमजोरी उदार हुनु हो । मैलै बादल, किरणलाई कसैलाई पनि पार्टीबाट हटाएको होइन । अहिले केहि केहि साथीले सिँगौरी खेलेका छन् । मैले पार्टी कमिटी र परामर्श समितिमा आफ्ना मत राख्न दिएकै छु । योभन्दा बढी के हो जनवाद ?’, उनले प्रश्न गरे ।

शर्माले मङ्गलवार सोही मञ्चबाट कम्युनिस्ट पार्टीभित्र जनवाद कमजोर भएको र केन्द्रीयता हाबी भएको आरोप लगाएका थिए । यस्तै उनले पार्टी नेतृत्वमा ३६ वर्ष के गरिस् भनेर प्रश्न उठाएकोमा पनि असन्तुष्ट पोखेका छन् । ३६ वर्ष नेतृत्वमा रहेर काम गर्दा एकथरीलाई छटपटी भएको उनले आरोप लगाए ।

‘मैले धेरै पटक आलोचना गरेको सुन्छु । एकथरी मान्छेलाई छटपटी भएको छ । ३६ वर्ष भइसक्यो छोड्दैन भन्छन् । म यसो सोध्छु । राति सुत्नेबेला सोच्छु । अब नेतृत्व छोडी दिउँ कि क्या हो ? फेरि एक मनले सोच्छु–मैले छोड्यो भने झन् बर्बाद हुन्छ कि जस्तो लाग्छ’, प्रचण्डले भने– ‘३६ वर्ष के गर्‍यो भन्नेलाई मेरो जवाफ छ– माओवादी धारलाई २०४८ मा एकताबद्ध गर्‍यो । २०५२ सालमा विद्रोह गर्‍यो । २०६३ सालमा शान्ति वार्तामा हस्ताक्षर गर्‍यो । शान्ति र विद्रोहको नेतृत्व गर्ने सबै नेताले गर्न सक्छन् ? वामपन्थी सबै एक हौँ भनेकै हो । कसका कारण एकता भएन सबैलाई थाहा छ ।’,

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट