काठमाडौं : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएकी छन् ।उनले बुधबार बिहान अख्तियार पुगेर निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता मुछिएको घुस प्रकरणमा बयान दिएकी हुन ।
पोखरास्थित लिची बगानको जग्गा व्यक्तिको नाममा लैजान ७८ लाख रुपैयाँ घुस लेनदेनमा जोडिएकी श्रेष्ठले कारोबारका लागि संवाद गरेको म्यासेज भाइरल भएपछि अख्तियारमा पुगेर उनले बयान दिनुका साथै भ्वाइस टेस्ट पनि गराएर निस्किएकी छन् ।
७८ लाख रूपैयाँ घुसकाण्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्री गुप्ताले राजीनामा दिएका थिए ।गुप्ताले पनि मंगलबार मात्रै अख्तियार पुगेर ‘भ्वाइस टेस्ट’ र आवश्यक बयान दिइसकेका छन् । घुस लेनदेन गरेको अडियोसहित परेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij