Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

राजेन्द्र लिङदेन भन्छन् – उच्चस्तरीय आयोग गठन नगरेसम्म सदनमा विरोध गरिरहन्छौँ

राजेन्द्र लिङदेन भन्छन् – उच्चस्तरीय आयोग गठन नगरेसम्म सदनमा विरोध गरिरहन्छौँ

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भिजिट भिसासहित भ्रष्टाचारमा संलग्न भएका मन्त्रीहरूको छानिबनका लागि आयोग गठन नगरेसम्म सदनमा विरोध गरिरहने बताएका छन् ।बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

उनले भने, “अब भिजिट भिसामा मात्रै होइन । यी दर्जनौँ मन्त्रीकोबारेमा जुन विवाद आइरहेको छ । भ्रष्टचारमा संलग्न रहेको कुरा आइरहेको छ । बजार भाउ बढाएर कमिसन खाएको कुरा आएको छ । ती सबैको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गरिनुपर्छ । त्यसबेला सम्म संसद्‌मा विरोध गरिराख्छौँ ।”उनले सरकारलाई सच्चिन पनि आग्रह गरे । उनले सदनमा निरन्तर छानविन समिति बनाउन माग गर्दा पनि सरकारले नसुनेको भन्दै अब सडकबाट दबाब दिने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट